site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरुवा बन्दुकसहित दाङबाट तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भरुवा बन्दुकसहित दाङबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका–४, फोहराका २२ वर्षीय इच्ढाकुमार रैदासलाई भरुवा बन्दुक एकथानसहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित वनशक्ति सामुदायिक वनमा सिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त बन्दुकसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस्तै, दाङकै तुलसीपुर उपमहानगरपालिका–४, ठूलाखालीस्थित गादिबरा सामुदायिक वनबाट दुईजनालाई पक्राउ गरिएको छ । भरुवा बन्दुक एकथान र त्यसको गोलीसहित शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४, सुनवलपुरका ३६ वर्षीय टंक थापा र २९ वर्षीय युवराज गिरी छन् । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro