site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा ११ जनाको मृत्यु
फाइल तस्बिर ।

बेरुत, लेबनान । सिरियाली सरकार पक्षधर र इरान निकट एक समूहले गराएको बम विस्फोटमा परी सिरियाको कुर्दिश सेना नियन्त्रित पूर्वी गाउँमा ११ जनाको मृत्यु भएको शुक्रबार युद्ध अनुगमनकारी समूहले जनाएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार देइर एजोर प्रान्तको डहलामा भएको बम विस्फोटमा परी ६ बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

समूहका अनुसार इरान समर्थक लडाकुहरूले कुर्दिशको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेपछि बुधबार लडाइँ सुरु भएको थियो ।

Dabur Nepal
NIC Asia

कुर्दिशहरूको निकट सिरियन डेमोक्र्याटिक फोर्सले पनि लडाँइमा अधिकांश महिला तथा बालबालिकासहित ११ जना सर्वसाधारण मारिएको पुष्टि गरेको छ ।

अमेरिकाको समर्थनप्राप्त सिरियाली समूह (एसडीएफ)ले सन् २०१९ मा सिरियामा इस्लामिक स्टेट जिहादी समूहको स्वघोषित इस्लामिक राज्यलाई पराजित गर्ने आक्रमणको नेतृत्व गरेको थियो ।

इराकको सिमाना क्षेत्र देइर एजोर प्रान्त युफ्रेटिस नदीद्वारा विभाजित छ जहाँ दर्जनौँ स्थानीय आदिवासीको घर छ ।

इरानले एक दशकभन्दा लामो गृहयुद्धमा सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई सैन्य सहयोग गरेको छ ।

हाल जिहादी विरोधी गठबन्धनको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाका करिब ९०० सैनिक सिरियामा छन् ।

सन् २०११ मा सरकार विरोधी प्रदर्शन सुरु भएदेख सुरू भएको सिरियाली गृहयुद्धले पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौँलाई विस्थापित गरेको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro