site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापालनप्रति किसानको आकर्षण बढ्दो

नवलपरासी । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ ।

माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने भएकाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईंले बताए । 

जिल्लामा गत आर्थिक वर्षमा ५७ माछापोखरी थपिएका छन् । आव २०७९/८० मा पोखरीको संख्या एक हजार ५१७ रहेको थियो भने आव २०८०/८१ मा उक्त संख्या हजार ५७४ पुगेको उनले बताए ।  

जिल्लामा गत आवमा ५८ वटा नयाँ मत्स्यकार्प फार्म सञ्चालनमा आएका छन् । आव २०७९/८० मा २१५ फार्म रहेकामा आव २०८०/८१ मा उक्त संख्या २७३ पुगेको प्रमुख गुरागाईंले जानकारी दिए । 

“माछा फार्म र माछापोखरी थपिने क्रम बढेसँगै यहाँ प्रत्येक वर्ष माछा उत्पादनमा वृद्धि भएको छ”, उनले भने । आव २०७८/७९ मा ९३३ मेट्रिक टन माछा उत्पादन भएकामा आव २०७९/८० मा ९६८ मेट्रिक टन तथा आव २०८०/८१ मा ९८१ मेट्रिक टन माछा उत्पादन भएको तथ्यांक छ । 

माछापालनतर्फ जिल्लामा आकर्षण बढ्दै गएपछि माछाका भुरा उत्पादन गर्नेगरी गत आवमा एउटा मत्स्य ह्याचरी स्थापना भएको छ । त्यसैगरी यहाँ ६ वटा मत्स्य स्रोत केन्द्र सञ्चालनमा रहेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro