site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतसँगको खेलपछि प्रधानमन्त्रीले भने– सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलमा नेपालकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लागेको प्रतिक्रिया दिएका छन् ।

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, हेलिकोप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण उनी सहभागी हुन पाएनन् ।

Dabur Nepal
NIC Asia

"तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरेँ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौँ । तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो । एक पटकको हार सधैँको हार होइन, हामी जित्ने छौँ । धन्यवाद नेपाली टिम," ओलीले फेसबुकबाट भनेका छन् ।

उपाधि भिडन्तमा भारतसँग पराजित भए पनि नेपालकी सरस्वतीले राम्रो प्रदर्शन गरेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro