देश
गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ ।
बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
पहिरोमा परी अझै तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहेका छन् । बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् । रासस
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १८:१०
प्रतिक्रिया दिनुहोस्