देश

काठमाडौं । सुर्खेतस्थित भेरी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार मध्याह्न १२ बजे सतर्कता तह पार गरेको हो ।
विभागले भनेको छ, "सुर्खेतस्थित भेरी नदी समजीघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो छ ।"
नदीको तटीय क्षेत्रमा रहनेले दिउँसो ४ बजेसम्म उच्च सतर्कता अनुरोध गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १२:२७
प्रतिक्रिया दिनुहोस्