site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेश अझै अशान्त, हिन्दु निसानामा 
SkywellSkywell

ढाका । बंगलादेशमा नयाँ सरकार प्रमुखको रुपमा मोहम्मद युनुस नियुक्त भए पनि अझै पनि त्यहाँ कानुनको पालना राम्रो सँग हुन नसकिरहेको बताइएको छ ।

सानो संख्यामा रहेका हिन्दु धर्मावलम्बीहरु अझै त्यहाँ त्रसित अवस्थामा भएको पाइएको छ ।  यसअघिका प्रधानमन्त्री शेख हसिनाले गएको सोमबार राजीनामा दिएर देश छोडेकी थिइन् । बंगलदेशमा करिब ९० प्रतिशत जनसंख्या मुश्लिमको छ । 

बंगलदेशका हिन्दु नागरिक अभिरुप सरकारले बीबीसीसँगको कुराकानीमा ढाकाबाट करिब १०० किमी उत्तरमा रहेको नेट्रोकोनाबाट आफ्नी एक महिला आफन्तले फोन गरेर एउट भीडले घरमा आक्रमण गरेको भन्दै डराएको स्वरमा फोन गरेको बताएका छन् ।

KFC Island Ad
NIC Asia

ती महिलाले उनलाई जनाएअनुसार करिब १०० जनाको भीडले लाठी बोकेर उनको घरमा तोडफोड गरेका थिए । उनीहरुले फर्निचर, टिभी, बाथरुम फिटिङ र ढोकामा तोडफोड गरेका थिए ।

उनीहरु त्यहाँबाट जानुअघि घरमा भएको नगद र गहनाहरु समेत लुटेर लगेका थिए ।  त्यहाँबाट जानुअघि सो भीडले तिमीहरुले हसिनालाई सघाइरहेको भन्दै तिमीहरुले पनि देश छोड्नुपर्ने बताएको थियो ।

Royal Enfield Island Ad

हसिनाले बंगलादेश छोडेपछि थुप्रै हिन्दु मन्दिरमा पनि आक्रमण भएको जानकारी आएको बीबीसीले जनाएको छ । हसिनाको मुश्लिम लिग पार्टी धर्म निरपेक्ष नीतिका साथ अघि बढेको थियो । त्यसैले अन्य अल्पसंख्यकले सुरक्षाको अनुभुति गर्दै आएका थिए ।

यद्यपि युवा मुश्लिम समुदायका थुप्रै व्यक्तिले पनि हिन्दु मन्दिर तोडफोड गर्न नहुने भन्दै तोडफोड रोकिरहेको पनि पाइएको छ । “जब अवामी लिग यहाँ शक्तिमा हुँदैन त्यतिबेला हिन्दुमाथि आक्रमण हुने गरेको  छ,” एक स्थानीय सरकारको प्रतिक्रिया छ ।

सरकार बंगलादेशकै एक स्थानीयबासी हुन् ।  उनले सन् १९९२ मा भारतमा बाबरी मश्जिद तोडफोड हुँदा बंगलादेशमा हिन्दुलाई लक्षित गरिएको भन्दै त्यतिबेला उनकी दिदीको बंगलादेशमा भएको घर तोडफोड गरिएको  बताए । 

आक्रमणकारीले हिन्दुको सूची नै बनाएर आक्रमण गरेको उनको भनाइ छ । उनका साथीले भनेका थिए, “तिम्रो नाम त सूचीमा छैन, तर होसियार होऊ ।” सरकारको  घरमा पनि भीड गेटसम्म आइपुगेकोमा उनका बाबुले केही नगर्न अनुरोध गरेपछि फर्केको उनले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro