विदेश
वाशिङटन । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई सो पार्टीका तर्फबाट उपराष्ट्रपतिको उमेदवारमा चयन गरेकी छन् ।
६० वर्षिय वाल्जले २०२३ को जनवरीमा मिनेसोटालाई बच्चा हुर्काउनका लागि देशकै सबैभन्दा उत्कृष्ट राज्य बनाउने घोषणा गरेका थिए । कमलाले मंगलबार उनलाई आफ्ने भावी उपराष्ट्रपतिका रुपमा छानेकी हुन् । दुवैले संयुक्त रुपमा चुनावी र्याली प्रारम्भ गरिसकेकी छन् ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ०८:५२
प्रतिक्रिया दिनुहोस्