site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको घोषणा– अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । केही दिन मात्र काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागु हुने उनले बताएका हुन् ।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले थोरै सेवा गरेकालाई सोही समयको सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने उल्लेख गरे । “यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ, केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नुपर्दछ,” उनले भने ।

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका सबै युवालाई उक्त कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारले जनताको सुख र समृद्धिबाहेक अरू कुनै अभिष्ट नराखेको पनि उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro