site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले शेख हसिनालाई 'दिएन भिसा', अब के गर्लिन् ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाको 'भिसा खारेज' गरेको छ । 

भारतीय मिडिया इन्डिया टुडेलेअमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै हसिनालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार विगतमा हसिनाको अमेरिकासँग राम्रो सम्बन्ध थियो । तर, पछिल्लो समय अमेरिकाले उनको 'निरंकुश प्रवृत्ति'को आलोचना गरेको थियो ।

ढाकास्थित अमेरिकी दूतावासका प्रवक्ताले भिसाको रेकर्ड अमेरिकी कानुनअनुसार गोप्य रहने भएकाले व्यक्तिगत भिसा केसहरूको विवरणबारे बताउन नमिल्ने बताएका छन् ।

बंगलादेशबाट सोमबार भारतको शरणमा रहेकी हसिना अब बेलायत जाने अपेक्षा गरिएको छ । उनी सुरुमै नयाँ दिल्लीबाट लन्डन जाने तयारीमा थिइन् । तर, बेलायत सरकारले कुनै पनि सम्भावित अनुसन्धानविरुद्ध बेलायतमा कानुनी सुरक्षा नपाउने संकेत गरेपछि उनले अन्य विकल्पबारे सोचिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, उनकी बहिनी शेख रेहानासँग बेलायतको नागरिकता छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro