site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आल्भारेजलाई भित्र्याउन एट्लेटिको मड्रिड सहमत 

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड हुलियन आल्भारेजलाई भित्र्याउन स्पेनिस क्लब एट्लेटिको मड्रिड सहमत बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएअनुसार एट्लेटिको मड्रिड आल्भारेजलाई ८१.५ मिलियन पाउन्डमा भित्र्याउन सहमत बनेको हो । 

यो कुनै पनि खेलाडीका निम्ति सिटीले पाएको अहिलेसम्मकै ठूलो आर्थिक प्रस्तावसमेत हो । यसअघि सिटीले सन् २०२२ मा रहिम स्टर्लिङलाई ५० मिलियन पाउन्डमा बेच्नु नै अहिलेसम्मकै कीर्तिमान रकम थियो । तर, यसबारे आल्भारेज र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने आधिकारिक धारणा सार्वजनिक गरेका भने छैनन् । 

Dabur Nepal
NIC Asia

यसअघि आल्भारेजले पेरिस ओलम्पिक–२०२४ पछि आफूले भविष्यबारे निर्णय गर्ने बताएका थिए । ओलम्पिक पुरुष फुटबलमा आल्भारेज सम्मिलित अर्जेन्टिनी टिम गत शुक्रबार क्वार्टरफाइनलबाट बाहिरिसकेको छ । सन् २००८ को स्वर्ण विजेता अर्जेन्टिनालाई घरेलु टिम फ्रान्सले १–० ले पराजित गरेको थियो ।

यसअघि चेल्सीका मिडफिल्डर कोनोर गालाघेरलाई भित्र्याइसकेको एट्लेटिको र आल्भारेजबीच अझै व्यक्तिगत रूपमा सहमति हुन भने बाँकी नै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro