विदेश
ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिसकेपछि पनि प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको भीड जम्मा भएको थियो । उनीहरु कर्फयुको आदेशपनि अवज्ञा गर्दै त्यहाँ ढुंगामुढा गर्न पुगेको जनाइएको छ । त्यहाँ आन्दोलनकारीले उनको आवासमा ढुंगामुढा गरेका थिए ।
सेनाले समर्थन नगरेका कारण हसिना भागेको पाइएको छ । त्यहाँका सेनापतिले जनताको भावना विपरीत नजाने गएको शनिबार मात्रै बताएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १५:४९
प्रतिक्रिया दिनुहोस्