विदेश
ढाका । पदबाट राजीनामा दिएर देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद चढेको हेलिकोप्टर भारतको अगरताल सहरतर्फ उडेको छ । बीबीसी बंगलाले जनाएअनुसार, उनी सोमबार ढाकाबाट आफ्नी बहिनीसहित हेलिकोप्टर चढेर भागेकी हुन् ।
राजीनामा दिएर देश छोडिसकेपछि पनि प्रधानमन्त्रीको आवासबाहिर प्रदर्शनकारीको भीड जम्मा भएको थियो । कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शनकारी त्यहाँ ढुंगामुढा गर्न पुगेका जनाइएको छ ।
सेनाले समर्थन नगरेका कारण हसिना भागेकी हुन् । त्यहाँका सेनापतिले जनताको भावनाविपरीत नजाने गएको शनिबार मात्र बताएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १५:४७
प्रतिक्रिया दिनुहोस्