site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
माल्दिभ्सविरुद्ध खेल्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । यसअघिका तीनमध्ये नेपाल दुई खेलमा विजयी भएको थियो । माल्दिभ्स भने प्रतियोगितामा जितविहीन छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नेपाल र माल्दिभ्सबीचको खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ ।

Dabur Nepal
NIC Asia

नेपालले यसअघि पहिलो श्रीलंकालाई खेलमा सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले भारतविरुद्ध ३–२ को जित निकालेको थियो । नेपाल तेस्रो खेलमा इरानसँग ३–२ कै सेटमा पराजित भएको थियो ।

आजै भारतले श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

प्रतियोगितामा चार खेलबाट सात अंक जोडेको इरान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट ६ अंकको नेपाल तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा भारत छ । भारतले तीन खेलबाट सात अंक जोडेको छ । समान खेलबाट चार अंकको श्रीलंका चौथो स्थानमा छ । पुछारको माल्दिभ्स अंकविहीन छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro