site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारू

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ नेतृत्वमा रघुनन्दन मारू निर्वाचित भएका छन् । कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारू अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

संघको २०औँ वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि मारूलाई अध्यक्षमा चयन गरेको हो । मारू लामो समयदेखि सिमेन्ट उद्योगमा आबद्ध छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्याहरूको समाधान, गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गर्ने बताए ।

सबै सिमेन्ट उद्योगीहरूई साथमा लिएर यस क्षेत्रमा देखिएका चुनढुंगा उत्खनन्, वन, विद्युत्, बैंकिङ तथा स्थानीय समस्यालगायत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसँग समन्वय गर्दे अघि बढ्ने अध्यक्ष मारूको योजना छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा मारूसहत उपाध्यक्षमा तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरूण कर्ण निर्वाचित भएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्