site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भोटोजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि लाग्यो नारा– बालेन शाह जिन्दावाद !

काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि युवाहरूको एक समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाएको छ ।

आइतबार अप्राह्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिकहरूले भोटोजात्राको अवलोकन गरिहरेका बेला २०–३० जनाको युवाहरूको समूहले 'बालेन शाह – जिन्दावाद'को नारा लगाएको हो ।

उनीहरूलाई साम्य पार्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । पछि आफैँ नारा लाग्न छोडेको थियो ।

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।

राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro