site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै फेरि विद्यार्थी सडकमा

ढाका । बंगलादेशमा आजबाट विद्यार्थीहरूको अर्को चरणको आन्दोलन सुरु भएको छ । हालैको आरक्षणविरोधी आन्दोलनमा दुई सयभन्दा बढी विद्यार्थी मारिएको र करिब १० हजार पक्राउ गरिएको जनाइएको छ । 

यसअघि सर्वोच्च अदालतले तल्लो अदालतको निर्णय उल्ट्याइसकेकोले आरक्षणविरोधी आन्दोलन यसअघि मत्थर भएको थियो । तर, त्यसक्रममा भएको हत्या र धरपकडलाई लिएर फेरि विद्यार्थी आन्दोलित भएका हुन् ।

आन्दोलनकारी विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गरेका छन् । विद्यार्थीहरूले देशव्यापी रूपमा अवज्ञा आन्दोलन सुरु गर्दै जनतालाई ट्याक्स र युटिलिटिज बिल नतिर्न भनेका छन् । विद्यार्थीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न समेत आग्रह गरेका छन् ।

विद्यार्थी आन्दोलनका नेता नहिद इस्लामले शेख हसिनाले राजीनामा मात्रै होइन हत्या गरिएकोमा उनीमाथि अभियोजन समेत हुनुपर्ने जनाएका छन् । उनले लुट र भ्रष्टाचारको बारेमा पनि छानबिन गरिनुपर्ने जनाएका छन् ।

यसैबीच हसिनाको अवामी लिग पार्टीले पनि आज आइतबारबाट नै देशव्यापी प्रदर्शन गर्ने भएको छ । दुवै समूहबीच आगामी केही दिन हिंसात्मक वातावरण सिर्जना हुन सक्ने देखिएको छ । बीबीसी

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro