site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रि–सिजन ‘एल क्लासिको’मा बार्सिलोनाको जित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रि–सिजन ‘एल क्लासिको’मा बार्सिलोनाले रियाल मड्रिडविरुद्ध २–१ को जित निकालेको छ । शनिबार राति मेटलाइफ रंगशालामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन दुवै गोल पाउल भिक्टरले गरे । 

रियाल मड्रिडका निको पाजले एक गोल फर्काएका थिए । ४२औँ मिनेटमा भिक्टरले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५४औँ मिनेटमा भिक्टरले नै बार्सिलोनाको अग्रता दोब्बर बनाए । पाजले ८२औँ मिनेटमा गोल गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल बन्न सकेनन् । 

प्रि–सिजन तयारीमा रहेको बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेको थियो । बार्सिलोनाले अब अगस्ट ७ मा एसी मिलानविरुद्ध खेल्ने तालिका छ । 

प्रि–सिजन टूरमा रियालको भने यो लगातार दोस्रो हार हो । रियाल यसअघि पहिलो खेलमा इटालियन क्लब एसी मिलानसँग १–० ले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro