site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल काभा बिच भलिबलको फाइनलमा
Argakhachi Cement Island Ad

काठमाडौं । नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो । 

भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र  २१–१२ अंकले हराएको हो । 

यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्