site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईएमबी बैंकले बीवाईडीका गाडी किन्न फाइनान्सिङको सुविधा दिने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कबीच फाइनान्सिङसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै अब एनआईएमबी बैंकले बीवाईडीका सबै गाडीमा ८० प्रतिशतसम्मको फाइनान्सिङ उपलब्ध गराउने भएको छ ।

यसका लागि बीवाईडीको गाडी किन्न चाहनेले एआईएमबी बैंकमको ब्रान्चमा अटो ऋणका लागि आवेदन दिन सक्नेछन् ।

तीन दिनको मूल्यांकनपछि योग्य ग्राहकले सहजै ऋण सुविधा पाउने बीवाईडीले जनाएको छ । यसका लागि ब्याजदर निकै सुलभ आधार दरमा एक प्रतिशतमात्रै प्रिमिय हुने बैंकले जनाएको छ ।

सम्झौतामा एआईएमबी बैंकका सीईओ ज्योतीप्रकाश पाण्डे र साइमेक्स इंककातर्फबाट सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेकी छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro