site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

यस दिन इलाम, झापा, सिन्धुपाल्चोक, दोलखा, कास्की, लमजुङ र गोरखा भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको अनुमान छ ।

Argakhachi Cement Island Ad

सुनसरी, मोरङ, पाँचथर, धनकुटा, तेहथुम, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा समेत जलसतह बढ्दो हुनेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्दो हुने महाशाखाको अनुमान छ ।

n1-1722569259.jpeg

n2-1722569259.jpeg

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्