site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आईटी अवरोधको मुद्दा अमेरिकी अदालतमा, क्राउडस्ट्राइकका सेयरहोल्डरकै आपत्ति
तस्बिर : रोयटर्स ।

टेक्सास । क्राउडस्ट्राइकले हालै सफ्टवेयर अपडेटका नाममा त्रुटि गरेर आठ मिलियन (८० लाख) कम्प्युटर क्र्यास गराई विश्वभरि अराजकता निम्त्याएको भन्दै सेयरहोल्डरले मुद्दा हालेका छन् ।

उक्त कम्पनीविरुद्ध ‘सफ्टवेयर टेस्टिङ’को गलत र भ्रामक कुरा गरेको आरोप समेत लगाइएको छ । यो कारणले गर्दा कम्पनीको सेयरको मूल्य १२ दिनमा ३२ प्रतिशतले घटेको र मार्केट भ्यालु पनि २५ बिलियन डलरले कम भएको जनाइएको छ ।

क्राउडस्ट्राइकले भने उक्त आरोपको खण्डन गरेको छ । मुद्दाको प्रतिरक्षा गरिने कम्पनीले जनाएको छ ।

उक्त मुद्दा टेक्सासको अस्टिनस्थित संघीय अदालतमा पेस गरिएको छ । क्राउडस्ट्राइकका कार्यकारीले सफ्टवेयर अपडेटमा पर्याप्त टेस्ट गरिएको भनेर लगानीकर्तालाई ठगेको समेत आरोप लगाइएको छ ।

उनीहरूले उक्त कम्पनीको नोभेम्बर २९ देखि जुलाई २९ सम्मको सेयरमा क्षतिपूर्ति पनि माग गरेका छन् । क्षतिपूर्तिको रकम भने तोकिएको छैन ।

उनीहरूका अनुसार, गएको मार्च ५ मा ‘कन्फेरेन्स कल’का क्रममा कम्पनीका प्रमुख कार्यकारीले सफ्टवेयर प्रमाणित र परीक्षण गरिएको जनाएका थिए । क्राउडस्ट्राइकले सेयरहोल्डरहरूको दाबीमा प्रतिवाद गर्ने जनाएको छ ।

यसैबीच, डेल्टा एयरलाइन्सका प्रमुख कार्यकारी इद बास्टियानले आईटी अवरोधले यात्रुलाई क्षतिपूर्ति र गुमेको राजस्व समेत गरेर आफ्नो कम्पनीलाई ५०० मिलियन डलर घाटा भएको जनाएका छन् ।

डेल्टाले पनि क्राउडस्ट्राइकसँग क्षतिपूर्तिका निम्ति प्रयास गर्न वकिलको व्यवस्था गरेको बताइएको छ ।

जुलाई १९ मा भएको उक्त अवरोधका कारण विश्वभर ८.५ मिलियन माइक्रोसफ्ट विन्डोज कम्प्युटर प्रभावित भएका थिए । त्यसबाट बिजनेस, बैंक, एयरलाइन्स, अस्पताललगायत निकाय बढी प्रभावित भएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro