site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको उपराष्ट्रपतिमा उमेदवारी दिन अनिच्छा

वासिङटन । अमेरिकाको डेमोर्क्र्याटिक पार्टीबाट उपराष्ट्रपति पदको सम्भावित उमेदवार भनेर चर्चामा रहेका नर्थ क्यारोलिनाका गभर्नर रोय कूपरले उक्त टिकट लिन अनिच्छा देखाएका छन् ।

राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिका उमेदवारबारे आउँदो साताभित्रै निर्णय गर्न सक्ने जनाइएको छ । ह्यारिसले अगस्ट ७ भित्रै त्यससम्बन्धी निर्णय गर्ने सम्भावना छ ।

Dabur Nepal
NIC Asia

कूपरले एक्समा लेखेका छन्, “म उपराष्ट्रपति ह्यारिसको राष्ट्रपतिका निम्ति क्याम्पेनको बलियो समर्थन गर्छु । मलाई थाहा छ, उहाँले जित्दै हुनुहुन्छ । यो भूमिकाका लागि विचार गर्न पाउँदा म सम्मानित भएँ । तर, उत्तर क्यारोलिना र मेरा निम्ति राष्ट्रिय टिकटलाई यो सही समय भएन ।”

कूपरसँग ह्यारिसको क्याम्पेनका तर्फबाट सम्पर्क गरिएको र उनले प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro