site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोलान हाइटमा रकेट आक्रमण, बालबालिकासहित १२ जनाको मृत्यु

जेरुसेलम । इजरायल नियन्त्रित गोलान हाइटको एक फुटबल मैदानमा रकेट आक्रमण हुँदा बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्स (आइडीएफ)ले सो आक्रमण लेबनानको लडाकु समुह हिजबुल्लाहले गरेको जनाएको छ । तर, हिजबुल्लाहले भने इजरायलको सो भनाइ अस्वीकार गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले सो आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । ७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि शनिबार भएको पछिल्लो आक्रमण इजरायलको उत्तरी सीमामा भएको सबैभन्दा भयानक आक्रमण मानिएको छ ।

संयुक्त राष्ट्रसंघले पछिल्लो घटनालाई लिएर एक वक्तव्य जारी गरी सबैपक्षलाई बढीभन्दा बढी धैर्यता राख्न आग्रह गरेको छ । बीबीसी

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro