वाशिङटन । अन्ततः अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उमेदवारमा कमला ह्यारिसलाई अनुमोदन गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले कमलालाई गएको आइतबार राष्ट्रपतिको उमेदवार अनुमोदन गरेकोमा ओबामा मौन बस्दै आएका थिए ।
ओबामा र उनकी पत्नी मिचेल ओबामाले शुक्रबार संयुक्त वक्तव्य जारी गरी आफूहरुलाई कमलामा दृष्टिकोण, गुण र बल भएको लागेको र त्यो अहिलेको समयको माग भएको बताएका छन् ।
कमलाको पक्षमा मत जाहेर गर्ने ओबामा समेत करिब १०० डेमोक्रयाट पुगेका छन् । वक्तव्यमा ह्यारिसलाई विजयी गराउन आफूहरुले जेसुकै गर्न सक्ने बताइएको छ ।
सो वक्तव्यपछि ह्यारिसले टिप्पणी गर्दै भनेकी छन्, “ओ माइ गडनेस, मिचेल, बाराक दिस मिन्स सो मच टु मी ।”