site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ठैवको रिह्याव सेन्टरका थप एकजनामा हैजा

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवस्थित रिह्याविलिटेसन सेन्टरमा थप एकजनामा हैजा संक्रमण देखिएको छ । 

हैजाको लक्षण देखिएका सेन्टरका एक किशोरमा बिहीबार आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा हैजा देखिएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार थपिएका बिरामीलाई थप परीक्षणका निम्ति शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको छ ।

यसअघि, साउन ७ गते सोही सेन्टरका चारजनामा हैजा पुष्टि भएको थियो । उनीहरूको अवस्था अहिले सामान्य छ । योसहित काठमाडौं उपत्यकामा ५ जनामा हैजा देखिएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro