site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
दाङस्थित बबई नदीको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

यस दिन अछाम, बाजुरा, दैलेख र कालीकोट भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने अनुमान छ ।

यस्तै, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, बझाङ, बैतडी र दार्चुला भई बहने अधिकांश साना नदीमा पनि बहाव बढ्ने महाशाखाको अनुमान छ ।

अबका तीन दिन कोसी नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह बढ्दो हुने तर सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्दो हुने महाशाखाको अनुमान छ ।

b1-1721964274.jpeg

b2-1721964274.jpeg

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro