site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको अभियोगमा मुद्दा चलाइएका गुण्डा नाइके दिपक मनाङ्गेलाई प्रहरीले अदालतमा पेस गरेको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाका अनुसार मनाङ्गेसँगै पक्राउ परेका राजनकुमार सिंहलाई पनि अदालतमा पेस गरिएको छ । 
सिंहका अनुसार उनीहरुलाई अपहरण बन्धक तथा संगठित अपराधमा मुद्दा चलाएर अदालतमा पेश गरिएको हो । 
मनाङ्गेसँगै सुशील मनाङ्गे, ज्याक गुरुङ र शनि गुरुङलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर मुद्दा चलाएको एसएसपी थापाले बताए । 
अदालतले उनीहरूलाई दोषी ठहर गरेमा ७ देखि १५वर्षसम्म जेल सजाय र ५० हजार देखि २ लाखसम्म जरिबाना हुनेछ ।
यसैबीच, महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी थापाले गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ पर्नासाथ उनका सहयोगी र काठमाडौंमा गुण्डागर्दी गर्नेहरुको भागाभाग भएको बताए । 
उनले बाह्रखरीसँग भने,“मनाङ्गे यस्ता गुण्डा हुन्, आफू लुकेर अरुलाई हप्ता असुली गर्न लगाउँछन् । समाजमा अरुलाई तर्साएर आफैँ रकम पुर्याउन आउने वातावरण सिर्जना गरेका रहेछन् । उनी पक्राउ पर्नासाथ उनका आसेपासेहरुले डाँडा काटेका छन् । मनाङ्गेलाई पक्राउ गर्नासाथ गुण्डागर्दी गर्नेहरुको सातो नै उडेको छ ।” 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro