site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्त नगर्न सरकारलाई आयोगको निर्देशन
SkywellSkywell

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्त नगर्न सरकारलाई निर्देशन दिएको छ ।

आज एक विज्ञप्तिमार्फत आयोगले सामाजिक र नैतिकरूपमा विवादित व्यक्तिलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

Dabur Nepal
NIC Asia

"नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्च पदहरूमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानविन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ," आयोगले भनेको छ ।

आयोगले राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरू सामाजिकरूपमा स्वच्छ छवि भएको विवादरहित, उच्च नैतिक चरित्र भएको र कानुनीरूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको स्मरण गराएको छ ।

आयोगले सामाजिक र कानुनीरूपमा विवादित व्यक्तिलाई नियुक्त गर्ने काम कानुनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नेप्रति सजग गराएको छ ।

"अत: लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ," आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu