site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ड्रोन उडाएको विषयमा क्यानेडियन ओलम्पिक कमिटीले माग्यो माफी 

काठमाडौं । न्युजिल्यान्डको महिला फुटबल टिमले प्रशिक्षण गरिरहेको बेला क्यानडा फुटबलका सदस्यले ड्रोन उडाएको विषयमा क्यानेडियन ओलम्पिक कमिटीले माफी मागेको छ । यो घटना सेन्ट एटिनेमा सोमबार भएको हो । 

पेरिस ओलम्पिकअन्तर्गत समूह ‘ए’ को खेलमा क्यानडा र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने तालिका छ । न्युजिल्यान्ड ओलम्पिक कमिटीका अनुसार घटनाबारे प्रहरीमा उजुरी गरिएको थियो । उजुरीकै आधारमा प्रहरीले ड्रोन नियन्त्रण गर्ने एक व्यक्तिलाई पक्राउ समेत गरेको थियो ।

Dabur Nepal
NIC Asia

यसको केही समयपछि क्यानेडियन ओलम्पिक कमिटीले अनुमति पत्र नभएको फुटबल टिमका एक सदस्य प्रहरी अधिकारीको नियन्त्रणमा भएको पुष्टि गरेको थियो । “क्यानेडियन ओलम्पिक कमिटी सदैव अनुशासित खेलको पक्षमा छ र हामी यस घटनाबारे आश्चर्यचकित र निराश छौँ । हामी न्युजिल्यान्ड फुटबल टिमप्रति, घटनाबाट प्रभावित भएका खेलाडी र न्युजिल्यान्ड ओलम्पिक कमिटीप्रति हृदयदेखि नै माफी माग्न चाहन्छौँ,” क्यानेडियन ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

क्यानडा महिला फुटबल टिमले टोकियो ओलम्पिक–२०२० मा स्वर्ण पदक जितेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro