देश
काठमाडौं । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
मंगलबार राति १०:२५ बजे जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले मेलम्ची र इन्द्रावती नदीको जलसतह बढ्ने भएकाले भोलि बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले अन्य ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने भएकाले सजग रहन भनेको छ
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ २३:०५
प्रतिक्रिया दिनुहोस्