site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो ।

काटिएका उद्योगमा आजै (मंगलबार) लाइन जोड्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रखरीलाई जानकारी दिए । गएको असार २५ गतेदेखि महसुल नतिरेको भन्दै प्राधिकरणले ६ उद्योगमा लाइन काटेको थियो ।

तीन महिनाभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउने निर्णय समेत गरिएको उनले बताए ।

प्राधिकरणले ‘तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनानुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने र लाइन काटिएका ६ (छ) वटा उद्योगहरूको विद्युत् मंगलबार साँझबाट क्रमिक रूपमा जडान गर्ने निर्णय’ गरेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro