site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यूएईमा प्रदर्शन गर्ने बंगलादेशीलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय

दुबई । युनाइटेड अरब इमिरेट्सको एक अदालतले हालै बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा सहभागी हुने ठूलो संख्याका बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको कारावासको सजाय सुनाएको छ ।

अबुधाबी फेडरल कोर्ट अफ अपिलले आइतबार उक्त सजाय सुनाएको हो । आन्दोलनका लागि उत्तेजना फैलाएको भन्दै तीनजना बंगलादेशीलाई आजीवन कारावास, ५३ जनालाई १० वर्षको जेल र अर्का एकलाई ११ वर्षको जेल सजाय सुनाइएको छ ।
 
उनीहरू बंगलादेशको सरकारविरुद्ध त्यहाँ आन्दोलनमा उत्रिएका थिए । उनीहरूको जेलजीवन सकिएपछि ती बंगलादेशीलाई आफ्नै देशमा फिर्ता गरिने जनाइएको छ ।

उनीहरू यूएइको सडकमा बंगलादेशी सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । यूएईमा राजनीतिक पार्टी र लेबर युनियन निषेध छ । एजेन्सी

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro