खेल
काठमाडौं । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गएराति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो ।
लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो ।
अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा भने कीर्गिस्तान र श्रीलंका भिड्नेछन् ।
पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । रासस
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ ०७:२३
प्रतिक्रिया दिनुहोस्