site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केन्याद्वारा मानव–वन्यजन्तुको सहअस्तित्व बढाउन ५० हात्ती स्थानान्तरण 
Dabur Nepal
NIC Asia

काठमाडौं । केन्याका वन्यजन्तु अधिकारीहरूले एमवा नेसनल रिजर्भबाट एबरदारे राष्ट्रिय निकुञ्जमा ५० हात्तीको स्थानान्तरण गरेका छन् । यसका लागि लगभग १७ दिन लागेको बताइएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार एमवामा हात्तीको संख्या १९७९ मा ४९ बाट बढेर १५६ पुगेको छ । बढ्दो जनसंख्याले पारिस्थितिक प्रणालीमा ठूलो दबाब दिएको छ । जसले गर्दा हात्तीहरू नजिकैको बस्तीहरूमा घुम्न जान्छन् । जहाँ उनीहरूले बाली, पूर्वाधार र सम्पत्तिमा क्षति पुगेको छ । 

केन्या वन्यजन्तु सेवाका महानिर्देशक एरुस्टस कांगाले हात्तीहरू स्वस्थ पारिस्थितिकी प्रणालीहरू कायम राख्न महत्त्वपूर्ण रहेको तर, सीमित स्थानहरूमा अनियन्त्रित जनसंख्या वृद्धिले वातावरणीय ह्रास र मानव–वन्यजन्तु द्वन्द्वलाई बढाउनसक्ने भएकाले स्थानान्तरण गरिएको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro