site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी टिमविरुद्ध दोस्रो खेलमा नेपाल सोझो सेटमा पराजित

काठमाडौं । रुसी टिमसँगको दोस्रो मैत्रीपूर्ण भलिबलमा पनि नेपाली राष्ट्रिय महिला टिम सोझो सेटमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा सोमबार पहिलो सेट रुसी टिमले २५–१४ ले सहजै जितेको थियो । त्यसपछिका दुई सेटमा नेपालले खेल प्रतिस्पर्धात्मक बनाए पनि हार टार्न सकेन । दोस्रो सेट नेपालले २५–२३ ले गुमाएको थियो ।

तेस्रो सेट नेपालले २५–२२ ले गुमायो । तेस्रो सेटमा नेपालले रुसी टिमविरुद्ध खेलभरमै पहिलोपटक ७–५ को अग्रता बनाएको थियो । त्यसपछि रुसी टिमले दुई अंक जोडेर स्कोर बराबर गरेको थियो । नेपालले पुनः चार अंक जोड्दै ९–७ को अंक बनाउन सफल भएको थियो । यहीबाहेक नेपालले रुसी टिमविरुद्ध कुनै पनि सेटमा अग्रता बनाउन सकेन ।

यो नतिजासँगै दुई मैत्रीपूर्ण भलिबलका निम्ति नेपाल आएको रुसी टिमले दुवै खेलमा जित निकालेको छ । नेपालले यसअघि पहिलो खेलमा पनि ३–० को सोझो सेटमै हार व्यहोरेको थियो । उक्त खेलमा २५–१७, २५–१९, २५–१५ ले नेपाल पराजित भएको थियो ।

नेपालले यसै महिनादेखि घरेलु कोर्टमा आयोजना गरिने काभा नेसन्स लिगअघि तयारीस्वरूप रुसको टिमसँग दुई मैत्रीपूर्ण भलिबल खेलेको हो । खेल नेपालस्थित रुसी दूतावासको सहयोगमा भएको थियो ।

साउन १७ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro