site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कमलाले यसअघि नै ८५ मिनेट लिएकी थिइन् अमेरिकी राष्ट्रपतिको शक्ति
SkywellSkywell

वासिंटन । कमला ह्यारिस डेमोक्रयाट पार्टीको उमेदवार बनेर राष्ट्रपतीय निर्वाचन जितिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति हुनेछन् । तर, त्यतिबेला उनले पहिलोपटक राष्ट्रपतीय शक्ति लिएको भने मानिने छैन ।

उनले सन् २०२१ मा जो बाइडेनलाई कोलोनोस्कपीको एनेस्थेसिया (सर्जरीका समयको दर्द मेटाउन औषधि प्रयोग गरिएको अवस्था)का क्रममा ८५ मिनेटका लागि ह्यारिसले पहिलोपटक राष्ट्रपतिको शक्ति लिएकी थिइन् ।

Dabur Nepal
NIC Asia

\केही घण्टाभन्दा बढी शक्ति लिँदा ह्यारिसले आफ्नो कार्यभार ह्वाइट हाउसको वेस्ट विङबाट चलाएकी थिइन् । सो समयमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले यस्तो घटनाक्रममा शक्तिको रुपान्तरण अप्रत्यासित नभएको जनाउँदै अमेरिकी संविधानमा नै यस्तो व्यवस्था भएको बताइन् ।

संविधानको २५औँ संशोधनले राष्ट्रपति कार्यालयबाट हटेको, मृत्यु वा राजीनामाका सन्दर्भमा उपराष्ट्रपति राष्ट्रपति हुने व्यवस्था छ । अस्थायी शक्ति हेरफेरका सन्दर्भमा सो संशोधनको सेक्सन ३ मा उल्लेख छ ।  

१९६३ मा राष्ट्रपति केनेडीको हत्यापछि संविधानमा सो संशोधन ल्याइएको थियो । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदै छ । बीबीसी

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu