site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

केरल । भारतको केरल राज्यमा निपाह भाइरस देखिएको छ । सो भाइरसका कारण १४ वर्षीय किशोरको मृत्यु भएको छ । ६० जनालाई ‘हाइ रिस्क क्याटागोरी’मा राखिएको राज्यका स्वास्थ्यमन्त्री वीना गर्गले बताएकी छन् ।

केरलको विभिन्न भागमा देखिएको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने गत वर्ष रोयटर्सले गरेको एक अनुसन्धानले देखाएको थियो ।  सो भाइरस चमेरो र सुँगुरबाट फैलिने बताइएको छ । यसले मानिसको गिदी सुन्निने तथा ज्वरो आउने हुन्छ ।  

त्यसबाट जोगिन भ्याक्सिन नभएको र उपचार पनि नहुने जनाइएको छ । भाइरस संक्रमण भएका ती किशोरको आइतबार हृदयघातको कारण मृत्यु भएको राज्यका स्वास्थ्यमन्त्री गर्गले स्थानीय सञ्चार माध्यममा जनाइएकी छन् । 

उनले निपाहको नियन्त्रणका लागि स्थानीय सरकारले २५ वटा कमिटी बनाएको बताइन् । त्यसले रोगको पहिचान गरी प्रभावित व्यक्तिलाई आइसोलेसनमा राख्ने जनाएकी छन् । 

सो भाइरस संक्रमितको सम्पर्कमा भएका २१४ जनालाई प्राथमिक सूचीमा राखिएको र तीमध्ये ६० जना ‘हाइ रिस्क क्याटागोरी’मा भएको जनाइएको छ ।

ती व्यक्तिका परिवारका सदस्यलाई अबजर्भेसनको लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ । केरलको राजधानी थिरुभनाथपुरमबाट ३०० किमी टाढा मालापुरममा सो भाइरस पछिल्लो पटक देखिएको हो । 

सो राज्यमा यो रोग २०१८ मा पनि देखिएको थियो । सो भाइरस पहिलोपटक २५ वर्ष अघि मलेसियामा देखिएको थियो । पछि बंगलादेश, भारत र सिंगापुरमा पनि फैलिएको थियो । सीएनएन

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro