site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दैनिक औसत ९७ सवारी दुर्घटना, ७ जनाको मृत्यु 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सातजनाले ज्यान गुमाउने गरेको छन् । ८८ जना घाइते हुने गरेको तथ्यांक छ ।
 
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष ३५ हजार ४०४  वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई हजार ३६८ जनाको मृत्यु भएको छ । ६ हजार १६० गम्भीर र २५ हजार ९९६ जना साधारण घाइते भएका छन् । 

सवारी दुर्घटनामा १०१ चौपायासमेत मरेका छन् ।
 
सबैभन्दा बढी दुई पांग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्यांक छ । गतवर्ष १९ हजार ९८४ मोटरसाइकल/स्कुटर, छ हजार ८३७ कार/जिप, दुई हजार १९३ बस, एक हजार ५२० साइकल/रिक्सा, एक हजार ४६८ ट्रक/ट्यांकर, एक हजार ४७४ टेम्पो/म्याजिक, ७८३ ट्रयाक्टर र ४०० माइक्रोबस दुर्घटना भएका थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro