site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसएसपीसहित १० ‘सिनियर’ प्रहरी कारबाहीमा

काठमाडौं । प्रहरी कर्मचारीविरुद्ध गएको आर्थिक वर्षमा ६७० उजुरी परेको छ । प्रहरी प्रधान कार्यालयको आइतबार वार्षिक कामकारबाहीबारे गरेको पत्रकार भेटघाटमा प्रहरीविरुद्ध नै उजुरी आएको जानकारी गराएको हो ।

सातवटा प्रदेश र उपत्यकामा गरी उक्त उजुरी परेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए । उजुरी पर्ने प्रहरीहरूमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सहित त्यसभन्दा तल्लो तहका प्रहरी अधिकारी छन् ।

डीआईजी कार्कीका अनुसार गएको आर्थिक वर्षमा एकजना एसएसपी, एक एसपी, दुई डीएसपी र ६ प्रहरी निरीक्षक छन् । अन्य जुनियर प्रहरी अधिकारी र प्रहरी जवान छन् । उजुरी पर्नेमा काठमाडौं उपत्यकामा पनि धेरै रहेको पाइएको छ । उपत्यकामा मात्रै ८२ जना प्रहरी अधिकारीविरुद्ध उजुरी परेको छ । सबैभन्दा बढी उजुरी भने गण्डकी प्रदेश प्रहरीविरुद्ध परेको छ । 

उजुरी आएका प्रहरी अधिकारीमाथि छानबिन गरेर विभागीय कारबाही भएको डीआईजी कार्कीको भनाइ छ । विभिन्न माध्यमबाट उनीहरूमाथि उजुरी आएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro