site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘तेल भिसा’को ‘इन्डक्ल्याप’मा मेयर रेनु दाहाल
SkywellSkywell

काठमाडौं । चलचित्र ‘तेल भिसा’को इन्डक्ल्यापमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल उपस्थित भएकी छन् ।  उनले चितवनको भरतपुरमा चलचित्र छायांकन गरेकोमा निर्माणप्रति आभार व्यक्त गरिन् ।  

चलचित्रले उठाएको विषयवस्तु गहन रहेको भन्दै उनले आफू यो सिनेमा हेर्न जाने बताइन् ।

Dabur Nepal
NIC Asia

यसैबीच, ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ ।  ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको चलचित्रको बाँकी ३० प्रतिशत छायांकन चितवनमा गरिएको हो । सेट लगाएर चलचित्रको छायांकन गरिएको हो ।

शंकर घिमिरे यो चलचित्रबाट १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । 

‘तेल भिसा’मा अभिनेता विपीन कार्की दोहोरो भूमिकामा छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा विपीनसँगै वर्षा राउत, ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिले खिचेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu