site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फूलमा आत्मनिर्भर नभएकोप्रति प्रधानमन्त्री ओलीको चिन्ता, नेपालले कति आयात गर्छ ? 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा नेपाल सामान्य वस्तुमा पनि आत्मनिर्भर हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

“म प्रधानमन्त्रीमा नियुक्त भएपछि विभिन्न क्षेत्रका धेरै व्यक्तिहरु शुभकामना र बधाइ दिन आउनुभयो । सबैसँग फूलमाला र खादा थियो । यसो तथ्यांक हेर्छु बितेका केही आर्थिक वर्षमा करोडौँ रुपैयाँको फूल आयात गरेका रहेछौँ,” प्रधानमन्त्री ओलीले भने । 

Dabur Nepal
NIC Asia

साधारणतया रोपेको दुई महिनादेखि फूल थाल्ने फूल नेपालले किन आफ्नै भूमिमा फुलाउन सकेन भन्नेमा उनको चिन्ता थियो । फूलको प्रसंग आफूले सांकेतिकरूपमा मात्र गरेको उनले बताए ।

नेपालले कति फूल आयात गर्छ ?

भन्सार विभागको तथ्यांकले भन्छ, गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट १३ करोड ३६ लाख ४७ हजार रुपैयाँको फूल आयात गरेको छ । उक्त अवधिमा नेपालले चार लाख २४ हजार ६८७ केजी फूल आयात गरेको देखिन्छ । 

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १४ करोड ७० लाख १४ हजार रुपैयाँको विभिन्न प्रकारका फूल नेपालले आयात गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १७ करोड दुई लाख ७३ हजार रुपैयाँ, २०७७/७८ मा १६ करोड ९४ लाख ७१ हजार रुपैयाँ र २०७६/७७ मा १८ करोड एक लाख ८५ हजार रुपैयाँको फूल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकले पछिल्लो करिब पाँच वर्षमा नेपालले ८० करोड पाँच लाख ९० हजार रुपैयाँको फूल आयात गरेको देखाउँछ । नेपालले भारत, थाइल्यान्ड, हङकङ, अमेरिकालगायतका देशबाट फूल आयात गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu