site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेसीबिना मियामीको लगातार दोस्रो जित 

काठमाडौं । नियमित कप्तान लियोनल मेसीबिनै मैदान उत्रिएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा सिकागो फायरविरुद्ध २–१ को जित निकालेको छ । 

आइतबार बिहान चेज रंगशालामा सम्पन्न खेलमा मियामीलाई जित दिलाउन माटियस रोजास र जोर्डी अल्बाले गोल गरे । सिकागोका रफायल चेजोसले एक गोल फर्काए । छैटौँ मिनेटमा रोजासले गोल गरेपछि मियामीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । 

७३औँ मिनेटमा चेजोसले गोल गरेपछि सिकागो खेलमा फर्कियो । तर, त्यसको दुई मिनेटपछि अल्बाले गोल गर्दा मियामीले पुनः २–१ को अग्रता बनाएको थियो । अल्बाको यही गोल निर्णायक बन्दा मियामीले नियमित कप्तान मेसीबिना लगातार दुई खेलमा जित निकालेको थियो । 

कोपा अमेरिका–२०२४ अन्तर्गत फाइनलमा कोलम्बियासँग घाइते भएपछि मेसीले मियामीबाट दुई खेल गुमाएका हुन् । उनको खुट्टामा चोट लागेको थियो । मेसीबिना मियामीले यसअघि टोरोन्टो एफसीविरुद्ध ३–१ को जित निकालेको थियो । एमएलएस इस्टर्न रिजनको शीर्ष स्थानमा आसिन मियामीले २५ खेलबाट ५३ अंक जोेडेको छ । समान खेलबाट २५ अंक जोडेको सिकागो तालिकाको १४औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro