site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘पुरानो राप्ती अञ्चलले कांग्रेसबाट मन्त्री नपाएको १० वर्ष भयो’ 

काठमाडौं । नेपाली कांग्रेसमा मन्त्री नियुक्तिको असन्तुष्टि व्याप्त छ ।  मन्त्री सिफारिसका लागि लिष्ट तयार पारेर अन्तिममा फेरिँदा नाम सार्वजनिक भएकहरुको असन्तुष्टि अझ बढी छ । त्यसरी नै मन्त्री बन्नेमा नाम सार्वजनिक भएर मन्त्रीमा नपरेका व्यक्ति हुन् सांसद दीपक गिरी । 

कांग्रेसमा सामुदायिक प्रतिनिधित्व नभएको, गुटको व्यवस्थापन नभएको गुनभित्रबाट अन्याय भएको सहितका असन्तुष्टि आइरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, सांसद गिरी भने कांग्रेसले बनाएको मापदण्डमा आफू फिट हुने भए पनि नपर्नुको कारणबारे जानकार नभएको बताउँछन् । 

“मन्त्री नबनी हुँदैन भन्ने मेरो कुरा होइन, तर, कांग्रेस पार्टीले तय गरेको मापदण्डअनुसार छनोट हुनुपर्थ्यो भन्ने मेरो भनाइ हो,” गिरीले बाह्रखरीसँग भने, “पुरानो राप्ती अञ्चलको भूगोलले हाम्रो पार्टीबाट गएको १० वर्षदेखि कोही पनि मन्त्री भएको छैन । विकास निर्माणमा पनि साविक राप्ती अञ्चलले प्रतिनिधित्व पाउन सकेन ।” 

उनले आफूले पदमा जाँदा बदनामी गरेर दाग नलगाएको भन्दै तोकिएको नौ महिनामा गरेका कामले नागरिकले धन्यवाद दिएको बताए । 

“पदमा भए पनि नभए पनि जिल्लाको विकासको लागि, महिला, दलित, थारु, जनजाति लगायत सबै वर्ग र समुदायको उत्थानको लागि आवाज उठाउंदै आएको छु,” गिरीले भने, “ती साथीहरुले नै तपाईं मन्त्री बन्नु पर्छ, यस क्षेत्रको सेवा गर्नुपर्छु, तपाईंको लागि हामी लबी गर्छौं भन्दै हौस्याउनुभएको हो तर, नेताहरु उहाँहरुबाट प्रभावित हुनभएन ।” 

उनले सबै समुदायले समर्थन गद गर्दा पनि नेताहरुको छनौटमा नपर्नुको कारण आफूलाई थाहा नभएको बताए । 

“लोकतन्त्रको सिपाहीको रुपमा आन्दोलनमा कतै चुकेको छैन, पदमा हुँदा र नहुँदा जनतासँग उत्तिकै नजिक भएर काम गरेको छ,” गिरीले भने, “म किन छनोटमा पर्न सकिन मैले बुझ्न सकेको छैन ।”
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्