site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजापट्टीमा रोगको संक्रमण रोक्न संघर्ष : यूएनआरडब्लूए
फाइल तस्बिर ।

गाजा । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको संक्रमण रोक्न संघर्ष गरिरहेको बताएको छ । 

“उच्च तापक्रम, भीडभाड, पानीको अभाव, र व्यक्तिगत स्वच्छताका सामग्री र कीटाणुनाशक जस्ता स्वास्थ्य स्रोतको आपूर्तिको गम्भीर अभावले विस्थापितहरूमा छालाको संक्रमण र ब्याक्टेरिया प्रदूषणमा वृद्धि भएको छ,“ यूएनआरडब्लूएले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

आफूसँग भएको सीमित स्रोत र उपचार सामग्रीको अभावका बावजुद पनि रोगको संक्रमण नियन्त्रण गर्न र स्वास्थ्य केन्द्रमार्फत यस्तै मामिलाहरूको बढ्दो रोकथाम गर्न ठूलो प्रयास गरिरहेको यूएनआरडब्लूएले जनाएको छ । एजेन्सीले गाजामा सकेसम्म चाँडो युद्धविराम आवश्यक रहेको कुरामा जोड दियो । 

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणबाट ८१ जनाको ज्यान गएको छ भने १९८ जना घाइते भएका छन् । 

यससँगै प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि हालसम्म कुल मृत्यु संखया ३८ हजार ७९४ पुगेको छ भने घाइते हुनेको संख्या ८९ हजार ३६४ पुगेको गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले बताए । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro