site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुकुम पश्चिममा खोलाले बगाउँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई बिहीबार खोलाले बगाउँदा मृत्यु भएको हो । 

काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । उनको शव ढुंगा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।

यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एकजना अझै बेपत्ता छन् । बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षति पुगेको । रासस

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro