site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसीबाट नेपालले पायो ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ दी इयर’ अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट नेपालले ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ दी इयर’ अवार्ड पाएको छ ।

आईसीसीले बुधबार विश्वभर विभिन्न ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्डबाट सम्मान गरेको थियो । जसमा नेपाल पनि परेको हो ।

आईसीसीका अनुसार एक वर्षमा नेपालले फेसबुकमा ४०० प्रतिशतले पहुँचमा वृद्धि गरेको छ । 

आईसीसीबाट नेपालबाहेक, मेक्सिको क्रिकेट एसोसियसनलाई ‘आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ दी इयर’बाट सम्मान गरेको छ । यस्तै, नेदरल्यान्ड्स ‘आईसीसी एसोसियट मेम्बर मेन्स पफर्मेन्स अफ दी इयर’, यूएई ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पफर्मेन्स अफ दी इयर’, ओमान ‘हन्ड्रेड पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसिएटिभ अफ दी इयर’ र स्कटल्यान्ड ‘क्रिकेट फोर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ दी इयर’बाट सम्मानित भएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro