site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाग्मती स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्ययोजना सार्वजनिक
SkywellSkywell

काठमाडौं । वाग्मती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघको आर्थिक वर्ष २०८१/८२ को कार्ययोजना सार्वजनिक गरिएको छ । वाग्मती प्रदेशका अध्यक्ष इन्जिनियर प्रकाश श्रेष्ठले असार ३१ गते संघको आर्थिक वर्ष २०८१/८२ को कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनामा वाग्मती प्रदेशका १३ जिल्लामा रहेका सबै क्लबहरूले संघबाट सम्बन्धन लिनुपर्ने व्यवस्था गरिने उल्लेख छ । यस्तै, अबदेखि प्रत्येक क्लब तथा विद्यालयहरूले वाग्मती प्रदेशबाट सर्टिफाइड कोचहरू मात्र राख्न पाउने व्यवस्था मिलाइने कार्ययोजनामा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

संघले स्केटका खेलाडीहरूलाई उपत्यकाका विद्यालय तथा कलेजमा छात्रवृत्तिको व्यवस्था मिलाउने लक्ष्य लिएको छ ।

संघले वाग्मती प्रदेशबाट बाहिर देश खेल्न जान खेलाडीहरूलाई संघले राष्ट्रय खेलकुद परिषद्सँग समन्वय गरेर नि:शुल्क पठाउने व्यवस्था मिलाउनेसहित विभिन्न आठबुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

कार्यक्रममा उपाध्यक्ष विकास लामा, इन्जिनियर सुमन कट्टेल, महासचिव साजन देउजा, कोषाध्यक्ष अनिष बानिया, सहसचिव माईकल पर्जा, सदस्यहरू सञ्जीव भट्टराई, विपिन कुइँकेल, राम दहाल, आरती लामा उपस्थित थिए । यसैगरी, प्रमुख अतिथिका रूपमा डा. राजकुमार दाहल, विशिष्ट अतिथिका रूपमा केन्द्रका महासचिव इन्जिनियर सत्य थापा र रोनित पुजारी (वाग्मती प्रदेश कोच) सहभागी थिए । यसैगरी, अतिथिका रूपमा सुमित केसी (मकवानपुर अध्यक्ष), नवराज खड्का (दोलखा (अध्यक्ष), प्रेम थिङ, ह्वाइट र्‍याबिट स्टुडियोका सीईओ इन्जिनियर परिवेष कोइराला (स्पोन्सर), डाइनमिक स्केट क्लबका सीईओ रोजन भासिमा (स्पोन्सर) उपस्थित थिए ।

कार्यक्रममा स्पोन्सरका तर्फबाट सहभागी कोइराला, रोजन भासिमाले संघलाई सधैँ आर्थिक सहयोग गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu