site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दिपलका ईभी भेहिकल पाँच लाख युनिट डेलिभरी

काठमाडौं । सांघाई–चांगान अटोमोबाइलअन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ । गएको मे महिनामा मात्र दिपलको २५ हजार ५२१ युटिन ईभी बिक्री भएको कम्पनीले जनाएको छ । जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो ।

यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो । हाल दिपल ब्रान्डअन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल बिक्री वितरण भइरहेको छ । यसमध्ये दिपल ए०९ औपचारिक रूपमा गएको मे २२ मा सार्वजनिक भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

६ सिट भएको ठूलो आकारको एसयूभी दिपल एस०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।

इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सन पनि रहेको छ । साथै, यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ । दिपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लूईडब्लूए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रेक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।

दिपलले आउँदो वर्ष चीनमा तीनसय वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।

गत मेमा आयोजना भएको दिपल ब्रान्ड नाइटमा सीईओ डेंग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए, जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य लिइएको छ । यो योजनाअन्तर्गत चांगानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्