site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से २६५५ विन्दुुमा, साढे १२ अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार (जेठ २९) ९.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम बढेको छ । १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार (जेठ २८) नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस दिन कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

९९ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ ।

पियोर इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य ६.७८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्